धार्मिक/सांस्कृतिक

४० वर्षअघि हराएको मूर्ति नेपाल फिर्ता

Banner

लन्डन, साउन ६–

करिब चार दशक अघि नेपालबाट हराएको एउटा सांस्कृतिक कलाकृति बेलायतकै एक मूर्ति संग्रहकर्ताले फिर्ता गरेको छ। एघारौं शताब्दीमा निर्मित खरानी रङको चून ढुङ्गाको सूर्य मूर्ति लन्डनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिएको हो ।

सो मूर्तिलाई बिहीबार नेपाल पठाएको दूतावासले जनाएको छ । सन् १९८५ मा पाटनबाट हराएको उक्त मूर्ति कलाकार लैनसिंह बाङ्देलको पुस्तक ’स्टोलन इमेजेज् अफ नेपाल’ मा सूचीबद्ध छ ।

मूर्ति ७९ सेमी उचाई, ४९ सेन्टिमिटर लम्बाइ र १५ सेमी चौडाइ रहेको यस मूर्तिको तौल ४१ केजी छ। फिर्ता गरिएको मूर्ति पुरातत्व विभागमार्फत् पुरानै स्थानमा पुनर्स्थापना गरिने दूतावासले जनाएको छ।

सांस्कृतिक सम्पादाको स्वदेश फिर्ताले हराएका सांस्कृतिक सम्पदाहरुको पुनःर्स्थापना गर्ने नेपालको प्रयासमा सकारात्मक योगदान पुर्‍याएको दूतावासको विश्वास छ। दूतावासले यसभन्दा अगाडि पनि हराएका मूर्तिहरू नेपाल पठाउँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>