देश/प्रदेश

खाना र बासको व्यवस्था गरिदिने भन्दै बसभित्र लगेर वृद्धामाथि गरे सामूहिक बलात्कार

०
Banner

काठमाडौँ, साउन ५-

प्यूठान स्वर्गद्वारी बस्ने एक वृद्धामाथि सामूहिक बलात्कार भएको छ । स्वर्गद्वारी नगरपालिकाकी ७३ वर्षीया वृद्धा सामूहिक बलात्कार भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका-१५ का ३० वर्षीय पुस्कर रोका र सल्यान जिल्ला कुमाख गाउँपालिका-७ का २० वर्षीय रेशम विकले उक्त वृद्धामाथि सामूहिक बलात्कार गरेका हुन् । वृद्धालाई खाना खुवाइदिने र बासको पनि व्यवस्था गरिदिने भन्दै उनीहरुले ललाइफकाइ तुलसीपूर बसपार्कमा पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घटना भइरहेकै अवस्थामा पक्राउ परेका रोका अर्कै बसका र विक ट्रकका सहचालक हुन्। उनीहरुले ना ४ ख ७८४८ नम्बरको बसको ढोका नलगाएको पाइएपछि वृद्धालाई त्यही बसभित्र लगेका थिए।

दाङको घोराही उपमहानगरपालिका-१० स्थित मानव सेवा आश्रममा बस्दै आएकी उक्त वृद्धा महिला हिजो (बिहीबार) आँखाको उपचार गर्न तुलसीपुर आएकी थिइन्।

 

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>