देश/प्रदेश

घुस लिने इन्जिनियर पर्खाल नाघेर भागेपछि अख्तियारको टोली फर्कियो रित्तो हात

Banner

सप्तरी, साउन ५–

सप्तरी स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको थियो । भवन निर्माणको सम्पन्नका काममा घुस लिएको सूचना पछि अख्तियारको टोली त्यस कार्यालयमा पुगेका थिए । यता खुस लिने कर्मचारीहरू नगद र चेक छाडेर पर्खाल नाघेर भागेका छन् ।

टोली पुग्ने सूचना पाएसँगै कार्यालयका सबै कर्मचारीहरू फरार भएपछि अख्तियार रित्तो हात फर्कनु परेको छ । आयोग इटहरीको टोलीले उक्त कार्यालयको पूर्वी पट्टीको गल्लीमा फालिएको अवस्थामा नगद र चेक फेला पारेको छ । घुस लिएको इकाईका कर्मचारी सब–इन्जिनियर अजय कुमार साफीले पर्खाल नाघी भाग्ने क्रममा उक्त रकम र चेक फालेको आयोगको दाबी छ ।

सिराहाको नवराजपुर गाउँपालिका –१ स्थित जनता आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न भए पनि भुक्तानी लिने क्रममा घुस मागेका थिए । घुस बापत ५५ हजारको चेक तथा १५ हजार नगद रकम दिएको उपभोक्ता समितिका एक सदस्यले जनायो ।

नौ लाखको काममा १० प्रतिशत घुस मागेपछि उपभोक्ताहरूले आयोगलाई जानकारी गराएका थिए । यस विषयमा बुझ्न खोज्दा कार्यालयका प्रमुख दुनियाँ लाल यादवले कुनै प्रतिक्रिया दिन मानेनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>