देश/प्रदेश

ठूलो मात्रामा विदेशी मुद्रा दुबई लैजाँदै गर्दा ४ जना पक्राउ

Banner

काठमाडौं, साउन ४-

विदेशी मुद्रा बाह्य मुलुक लैजादै गरेका चार जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । अवैधरुपमा उनको साथबाट ४१ हजार ४ सय अमेरिकी डलर, एक लाख १९ हजार ५ सय साउदी रियाल, एक हजार ३ सय ५७ ओमानी रियाल, ३०८ बहराइन दिनार बरामद भएको गरिएको हो ।

अवैधरुपमा ठूलो मात्रामा विदेशी मुद्रा बाह्य मुलुक लैजादै गरेका रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ का २४ वर्षीय अनिस थापासहित अन्य तीन जना प्रकाउ गरिएको छ ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>