क्रिकेट

पाकिस्तानविरुद्ध सोमपालले बनाए अर्धशतक

Banner

काठमाडौँ, असार २९–

एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’विरुद्ध सोमपाल कामीले अर्धशतक प्रहार गरेका छन् ।

सोमपालले ७७ बलमा चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् । अन्य व्याटरले खराब प्रदर्शन गरेका बेला सोमपालले महत्वपूर्ण अर्धशतक बनाएका हुन् । नेपालले ३५ ओभरमा ९ विकेटको क्षतिमा १६८ रन बनाएको छ ।

सोमपाल ६४ रनमा नटआउट खेलिरहेका छन् भने उनलाई ललित राजवंशीले साथ दिइ रहेका छन् ।

श्रीलंकामा जारी खेलमा नेपालले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>