देश/प्रदेश
बाढी-पहिरोबाट २४ जनाको मृत्यु, २५ बेपत्ता
०

काठमाडौं, असार २०-
मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जनाको मृत्यु भएको छ।
गृहमन्त्रालय पूर्वतयारी तथा प्रतिकार्य शाखाको अनुसार पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते छन्। मृत्यु हुनेमा पुरूष ११ जना र महिला ४ जना रहेका छन्।
बाढीबाट ९ जनाको मृत्यु भएको छ। २० जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ।
मृत्यु हुनेमा पुरूष ५ जना, महिला ३ र पहिचान हुन नसकेको १ जना रहेको गृहमन्त्रालयले जानकारी दिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























