देश/प्रदेश

दोहोरो नागरिकता बनाएको अभियोगमा श्रीमान्-श्रीमती पक्राउ

Banner

कञ्चनपुर, असार २०-

कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुईजना पक्राउ परेका छन्। प्रहरीले बैतडी पञ्चेश्वर गाउँपालिका-५ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्दलाई प्रकाउ गरेको हो । प्रहरीका अनुसार सोमबार पक्राउ परेका उनीहरु श्रीमान श्रीमती हुन् ।

०६३ मा जिल्ला प्रशासन कार्यालय बैतडीबाट किस्मतिदेवी चन्दको नामबाट नागरिकता लिएकी र दोस्रो विवाह गरेपछि ०६७ मा जिल्ला प्रशासन कार्यालयबाट कलावतीको नाउँबाट नागरिकता लिएको भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए।

उनीहरूलाई जिल्ला अदालत कञ्चनपुबाट म्याद थप भइ अनुसन्धान अगाडि बढेको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>