देश/प्रदेश

गगनलाई बालेनको व्यंग्य–काठमाडौं महानगरका विद्यालयमा कांग्रेसका भ्रातृ संगठन छैनन्

Banner

काठमाडौं, असार २०–

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई व्यंग्य गरेका छन्।

महामन्त्री थापाले सोमबार एउटा कार्यक्रममा राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका थिए। उनको त्यही भनाइप्रति कटाक्ष गर्दै मेयर बालेनले काठमाडौं महानगरका विद्यालय, शिक्षण संस्था र कार्यालयमा कांग्रेसको भ्रातृ संगठन नभएको भन्दै व्यंग्य गरेका हुन्।

‘माननीय गगन थापाज्यू, दलको हिजो एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नु भयो’, मेयर बालेनले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भनेपछि, काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भ्रातृ संगठन नभएको घोषणा गर्दछौँ।’

मेयर बालेनले आफूले भनेको कुरा पूरा गर्न पनि कांग्रेस महामन्त्री थापालाई चुनौती दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>