चितवन विशेष

नेपाल निवृत्त शिक्षक समाज रत्ननगरद्वारा शिक्षक र विद्यार्थी सम्मानित

Banner

चितवन, असार १९-

नेपाल निवृत्त शिक्षक समाज रत्ननगर नगर समितिले गुरु पूर्णिमा तथा गुरु दिवसको उपलक्ष्यमा निवृृत्त शिक्षक तथा छात्रछात्रालाई सम्मान गरेको छ ।

गुरु पूर्णिमाको अवसरमा रत्ननगरमा मावि तहका निवृत्त शिक्षक सात जना र कक्षा आठमा प्रथम हुने दुईजना विद्यार्थीलाई समाजले सम्मान गरेको हो ।
सम्मानित हुनेमा नेपाल नमुना माध्यमिक विद्यालयका निवृत्त प्रधानाध्यापक गोपाल शर्मा आचार्य र पूर्णबहादुर बस्नेत, पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक भैरवबहादुर खड्का र प्रमोदकुमार पौडेल, बैरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक निलकण्ठ शर्मा रहेका छन् ।

यस्तै बछयौली माविका प्रधानाध्यापक प्रल्हाद त्रिपाठी, कपरफोरी माविका प्रधानाध्यापक चन्दबिलास न्यौपाने र बैरिया माविमा पढ्ने कैलास पौडेल र जनजागृतिमा पढ्ने केशिका अधिकारी सम्मानित भएका हुन् । कैलास र केशिका कक्षा आठमा पहिलो भएकाले सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले शुभकामना मन्तव्य दिँदै गुरु पूर्णिमा तथा गुरु दिवसको अवसरमा रत्ननगरभित्र रहेका शिक्षकलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले समाज बदल्न गुरुको ठूलो भूमिका रहने बताएका छन् । उनले भने, ‘मेरो जीवन बदल्न गुरुको ठूलो भुमिका छ । किनभने गुरुले दिनुभएको शिक्षाले गर्दा आज म नगर प्रमुखको पदमा छु । उनले कार्यक्रममा उपस्थित गुरुलाई आफ्नो अनुभव, आफूले जानेको शिक्षा क्षेत्रका ज्ञानलाई नगरपालिकामा बाड्न अनुरोध गरेका छन् । कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाज रत्ननगर नगरका अध्यक्ष ऋषिराम बराल, निवृत शिक्षक समाज चितवनका अध्यक्ष कमलीकान्त घिमिरे, नगर शिक्षा अधिकृत राजेन्द्र बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>