चितवन विशेष

नारायणगढ–मुग्लिन सडकमा छैन अवरोध, सवारी साधन नियमित सञ्चालनमा

Banner

चितवन, असार १९–

नारायणगढ–मुग्लिन सडक खण्डमा पछिल्लो २४ घण्टा कुनै अवरोध छैन । सवारी साधनहरु नियमित रुपमा सञ्चालन भइरहेका छन् । यद्यपी पानी परिरहेकाले जुनसुकै बेला पहिरो जाने सम्भावना छ ।

यस वर्ष नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला (तीन नम्बर) पुल नजिक पहिरोले धेरै दुःख दिएको छ । चट्टाने पहिरोले यो सडक लगातार २७ घण्टासम्म अवरुद्ध भएको थियो ।

पहिरोको जोखिम भने कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।

कार्यालयका अनुसार पहिरो गएपछि सडक खुलाउन उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ । यो सडक खण्ड गएको बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ । सङ्घीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>