चितवन विशेष

रत्ननगरको कृषि सेवा केन्द्रमा वृक्षरोपण

Banner

चितवन, असार १८-

चितवनको रत्ननगर नगरपालिका–९ स्थित कृषि सेवा केन्द्र परिसरमा आज वृक्षरोपण गरिएको छ ।

रत्नप्रिय क्लब रत्ननगर–९ र समुदायमा चोरी शिकार नियन्त्रण युवा जागरण समिति रत्ननगर–६ बछौलीको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरि ढकालले रोपिएको बोट बिरुवाहरुको संरक्षणमा जोड दिन आग्रह गरे । उनले भने, ‘बिरुवा रोपेर मात्रै हुँदैन हुर्काउनु चुनौती छ, हामीले वृक्षरोपण गरेर त्यतिकै छोडिदिन्छौं रोपिएको बिरुवाको संरक्षण गर्नुपर्छ ।’ उनले वृक्षरोपणका साथै समय समयमा रोपेका विरुवाहरुको गोडमेल र त्यसको संरक्षण पनि आवश्यक रहेको बताए । रत्ननगर–९ का वडा अध्यक्ष अनन्त अधिकारीले वातावरण सफा र स्वच्छ बनाउनको लागि वृक्षरोपण नै सबैभन्दा महत्वपूर्ण भएकोले यस कार्यमा सबै लाग्नुपर्ने बताए ।

मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बोटबिरुवा रोपेर प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले रुख रोप्न आवश्यक रहेको बताए । जिल्ला जडीबुटी सहकारी संघका अध्यक्ष दुर्गा सुवेदीले वृक्षरोपण विश्व
वातावरणलाई नै बचाउने अभियान भएको बताए ।

जलवायु परिवर्तनका कारण नकारात्मक असर परिरहेकाले वातावरण संरक्षणका लागि तेजपत्ता, अमला, निम, जामुन, कपुरलगायतका २५० वटा विरुवा रोपिएको रत्नप्रिय क्लब अध्यक्ष बसन्त राना मगरले जानकारी दिए ।

वृक्षरोपण कार्यक्रममा बालुवाटार बिपत् व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेल, सामाजिक अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, नेपाल लोकतान्त्रिक खेलकुद संघ चितवनका अध्यक्ष सुजन क्षेत्री, योगदान राष्ट्रको लागि रत्ननगरका अध्यक्ष लक्ष्मण पौडेल, एनिमल राइट्सका प्रतिनिधि स्वराजन श्रेष्ठ, चितवन एनिमल सेभका प्रतिनिधि कल्याण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>