देश/प्रदेश

प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता

Banner

काठमाडौँ, असार १३-

राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको थियो ।

उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलबार काठमाडौँ आइपुगेका हुन् । मंगलबार नै उनले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा शिष्टाचार भेट गरेका थिए । सो भेटमा आपसी चासोका विषयहरुमा छलफल भएको सेनाको भनाई छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>