अन्तर्वार्ता

१६ वर्षदेखि एक्लै बसिरहेको गोहीले अण्डा पार्‍यो, ‘भर्जिन बर्थ’ देखेर वैज्ञानिक चकित

Banner

जेठ ३२- 
भालेसँग सम्बन्ध नबनाईकनै पोथी गोही गर्भवती हुनसक्छ र अण्डासमेत पार्न सक्छ भन्ने कुराको पहिलो प्रमाण भेटिएको छ । कुरा सन् २०१८ को हो तर अनुसन्धान अहिलेसम्म चलिरहेको छ । अब वैज्ञानिकले पोथी गोहीमा पनि यस्तो क्षमता हुनसक्छ भनेर खुलासा गरेका छन् ।

सन् २०१८ मा एक चिडियाघरमा १६ वर्षदेखि एक्लै बसिरहेको अमेरिकी पोथी गोहीले केही अण्डा दिए । जसमध्ये एउटा अण्डामा पोथी गोही थियो । अमेरिकी वैज्ञानिक यो घटना देखेर चकित परे । उनीहरुले यो पूरा प्रक्रियाको जेनेटिक स्टडी गर्न चाहे ।

जर्नल बायोलोजी लेटर्स नामको जर्नलमा प्रकाशित एक शोधका अनुसार जेनेटिक स्टडीबाट के पत्ता लाग्यो भने गोहीमा भर्जिन बर्थको क्षमता हुन्छ । यसलाई फ्याकल्टेटिभ पार्थेनोजेनेसिस भनिन्छ । अर्थात्, गर्भधारणको यस्तो प्रक्रिया जसमा पोथीलाई भालेको आवश्यकता पर्दैन । यदि यो प्रक्रियाको क्षमता मानिसमा विकसित भयो भने के होला, सोच्नुहोस् त?

अचम्मको कुरा के थियो भने सबै अण्डाबाट बच्चा निस्किएनन् तर यो प्रक्रिया कति पुरानो थियो भनेर वैज्ञानिक थाहा पाउन चाहन्थे । कति वर्षदेखि गोही वा यिनीहरूका पुर्खा अथवा डाइनासोरले यसरी बच्चा जन्माइरहेका थिए भनेर थाहा पाउन वैज्ञानिक उत्सुक थिए । यो गर्भधारणको कुनै प्राचीन प्राकृतिक रणनीति हो त भनेर वैज्ञानिक प्रश्न उठाइरहेका थिए ।

अब भर्जिन बर्थमा गोहीको नाम पनि सुचीकृत भएको छ । यो प्रक्रिया डाइनासोरमा पनि हुन सक्थ्यो भनेर धेरैले अनुमान गरेका छन् । गोही र पक्षी वास्तवमा आर्चोसर्स परिवारका हुन् । अर्थात् यसमा उड्ने डाइनासोर पनि पर्थे । जो उडे ती पक्षी बने, जो उडेनन् गोही बनेर बने ।

भर्जिनिया टेकका इभोल्युसनरी बायोलोजिस्ट वारेन बुथले यो अनुसन्धानको खोज चकित पार्ने खालको बताए । यसमा आफूहरूलाई प्राचीन डाइनासोर अर्थात् आर्चोसर्सको वर्तमान पीढीको प्रजनन प्रणालीबारे पत्ता लाग्ने बताए । पार्थेनोजेनेसिस त्यो प्रक्रिया हो जसमा पोथी एक्लैले बच्चा जन्माउन सक्छ । यसलाई गर्भधारणका लागि भालेको वीर्यको आवश्यकता पर्दैन ।

पार्थोनोजेनेसिसमा के पनि हुन्छ भने पोथी सरीसृपले भालेको वीर्यलाई थुप्रै वर्षसम्म आफ्नो शरीरमा जम्मा गरेर राख्न सक्छन् । त्यसबाट पनि यसले गर्भधारण गर्न सक्छ । यसका साथै पोथी गोहीले आफ्नै दुई कोशिकालाई मिलाएर सम्भावित भ्रूणको निर्माण पनि गर्न सक्छ ।

बोटबिरुवा र मेरुदण्ड नभएका जीवमा यो प्रक्रिया सामान्य हो । मेरुदण्ड हुने ८० प्रजातिमा पनि यो क्षमता पाइन्छ – जस्तै माछा, छेपारो र सर्प, शार्क आदि । तर यो त्यति बेला मात्रै सम्भव हुन्छ जब पोथीलाई कतै बाँधेर राखिन्छ वा चिडियाखानामा एक्लै छोडिन्छ, जहाँ भालेसँग यसको सम्पर्क हुन पाउँदैन । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>