आर्थिक

सेयर बजार सिमित मान्छेले मात्रै फाइदा कमाउने हुनु हुँदैनः अर्थमन्त्री डा.महत

Banner

काठमाडौं, जेठ २५-

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारबाट सीमित मान्छेले कमाउने र उनीहरूकमै लक्ष्य बमोजिम बजार तलमाथि हुने कुरा अन्त्य हुनुपर्ने बताएका छन् । बिहीबार नेपाल धितोपत्र बोर्डको ३१ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले धितोपत्र बजारबाट सीमित मान्छे नभइ आम नारिकलाई लाभ पुग्नुपर्ने बताए ।

‘सेयर बजार सिमित मान्छेले मात्रै फाइदा कमाउने हुनु हुँदैन । बैंकमा निक्षेप राख्नुभन्दा सेयरमा लगानी गर्दा केही फाइदा हुन्छ कि भनेर लगानी गर्नेलाई संरक्षण हुनुपर्छ,’ उनले भने, ‘सेयर बजारलाई स्वस्थ, विस्तारित र लगानीकर्ताको लगानी सुरक्षित गर्न राष्ट्र बैंकको भूमिकाकझ लागि पहलकदमी हुन्छ।’

सेयर बजार आम नागरिकको लगनी र आयआर्जनको माध्यमको रूपमा आकर्षण बढेको भन्दै नियामकको जिम्मेवारी र दायित्व बढेको उनले बताए । सेयर बजारमा फाइनान्सियल सेक्टर र हाइड्रोपावर मात्रै सूचीकृत भएको भन्दै अन्य वास्तविक क्षेत्रका कम्पनीलाई पनि सूचीकृत गराउनुपर्ने उनले बताए । ‘वास्तविक क्षेत्रका कम्पनीलाई लयाउन सके लगानीको क्षेत्र पनि बढ्छ,’ उनले भने, ‘कम्पनिहरूको पारदर्शिता सुनिश्चित हुन्छ ।’

उनले धितोपत्र बोर्डले नियमनलाई जिम्मेवारीका साथ निर्वाह गर्नुपर्ने बताए ।

उनले १५ जेठमा आएको आर्थिक विधयेकले सेयर बजारबाट फाइदा लिएका सीमित व्यक्तिलाई कर तिर्नुपर्ने भनेर ल्याएको व्यवस्थालाई समेत भ्रम फैलाउने काम गरेर उनीहरुले नै लाभ लिएको दाबी गरे । ‘आर्थिक विधेयकमा आएको विषय आम लगानीकर्ता लागि थिएन । तर, प्लेयरहरूले लौ बर्बाद भयो, ५६ लाख लगानीकर्ता यसको दायरमा आउने भयो भनेर भ्रम फैलाइयो,’ उनले भने, ‘बजार घट्यो हामीले होइन भनेर स्पष्टीकरण दियौ। त्यसपछि बजार बढ्यो । यसमा आम लगानीकर्ताले होइन तिनैले फाइदा कमाए ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>