चितवन विशेष

नारायणगढ रोटरी क्लबद्वारा गोरखाको सिरानचोकमा खानेपानी परियोजनाको निर्माण सुरु

Banner

चितवन, जेठ २४-

नारायणगढ रोटरी क्लबले गोरखाको सिरानचोक गाउँपालिकामा खानेपानी परियोजना निर्माण कार्यको सुरुवात गरेको छ ।

सिरानचोक वडा नं ३ स्थित नवलपुरमा २७ घरधुरीका साथै सो क्षेत्रको एक माध्यमिक विद्यालयका करिब ३०० जना विद्यार्थीको लागि प्रशोधित खानेपानीसहितको परियोजना निर्माण गर्न लागेको हो ।

खानेपानी परियोजना शुभारम्भ गरेको क्लबका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले जानकारी गराए । उक्त प्रशोधित खानेपानी परियोजनाको कुल लागत ५१ लाख ८२ हजार रहेको अध्यक्ष श्रेष्ठले बताए ।

विसं २०७२ सालको महाभूकम्पले चालु अवस्थामा रहेको खानेपानीलाई पूर्णरूपमा क्षति पु¥याएको र शुद्ध खानेपानीको सुविधाबाट बञ्चित भएकाले नारायणगढ रोटरी क्लबले रोटरी फाउण्डेसनको ग्लोबल ग्रान्ट अन्तरगत खानेपानी परियोजना निर्माण गर्न लागेको क्लबका सेवा परियोजना निर्देशक इन्जिनियर गुणेश्वर महतोले जानकारी गराए ।

उक्त क्षेत्रमा दलित र मुस्लिम परिवारका २७ घरधुरी रहेको र आगामी पुस महिनाभित्र सो परियोजना सम्पन्न हुने इन्जिनियर महतोले बताए । उत्तर अमेरिकाको रोटरी क्लब अफ पास्को केनेविकको सहयोग प्राप्त भएको उक्त परियोजनामा एक वटा सोलार पम्पिङ प्रणाली, दुई पानी भण्डारण ट्याङ्की, दुई इन्टेक र एक पानी प्रशोधन यन्त्र रहने परियोजना निर्देशक महतोले बताए ।

यसैगरी जापान वाटर फोरमको आर्थिक सहयोग तथा वाटर सेन्टर ट्वान्टीवान पहलको प्राविधिक सहयोगमा म्याग्दे गाउँपालिकाको वडा नं २ मा अवस्थित दलित तथा मगर जातिको बसोबास रहेको भिमिरेथोक गाउँमा सोलार लिफ्टिङ खानेपानी परियोजनाको जेठ ५ गतेदेखि निर्माण शुभारम्भ भएको पहल संस्थाका सीईओ इन्जिनियर गुणेश्वर महतोले जानकारी दिएका छन् । उक्त परियोजना चार महिनाभित्र सम्पन्न गरी त्यहाँका करिब २२ घरपरिवारलाई शुद्ध खानेपानीको व्यवस्था गरिने छ । म्याग्दे गाउँपालिकाको ५२ हजार रुपैयाँ आर्थिक सहयोग र स्थानीयहरूको श्रमदानसमेत रहने उक्त परियोजनाको कुल लागत आठ लाख ५४ हजार ७५० रुपैयाँ रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>