अपराध
चितवनमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भण्डारी एक वर्षपछि पक्राउ
०

चितवन, जेठ २४-
चितवनमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी अजय सिंह भन्ने अशोक भण्डारी एक वर्षपछि पक्राउ परेका छन् ।
गतवर्ष वैशाख २५ गते भरतपुरको कृष्णपुरमा ‘काने’ भन्ने अनिल परियारलाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी हत्या गरेको घटनाका अभियुक्त उनलाई प्रहरीले भारतबाट नेपाल आउँदै गर्दा भैरहवामा पक्राउ गरेको हो । उनलाई कानुनी कारबाहीको लागि चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । ३८ वर्षीय भण्डारी भरतपुर महनागरपालिका–२६का स्थायी बासिन्दा हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























