Breaking News

राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान, नयाँ सवारीसाधन तथा फर्निचर खरिद नगरिने

Banner

काठमाडौं, जेठ १५-

चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक भएको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।

राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय,आर्थिक गतिविधिमा आएको संकुचनलगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले अत्यावश्यक बाहेक कुनै पनि नयाँ भबन यस आर्थिक वर्षमा नबनाइने बताए । त्यसैगरी उनले नयाँ गाडी र फर्निचर खरिद पनि नगरिने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>