समाचार

बजेट अधिवेशन लगत्तै हामी मैदानमा देखिनेछौँ : रवि लामिछाने

Banner

चितवन, जेठ ६–

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेले जुगेडीको पानी रामनगरमा ल्याउन खटिने चितवनका बासिन्दालाई धन्यवाद दिएका छन् । जुगेडीको पानी रामनगर चौरमा आइपुगेको अवस्थामा सांसद लामिछानेले आफु पार्टीको संगठन निर्माण, सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा ध्यानकेन्द्रित गर्नुपर्ने भएकाले निर्वाचन क्षेत्रमा आउन नसकेको बताए ।

बजेट अधिवेशन लगत्तै आफु मैदानमा देखिने उनले बताए । ‘मैले १०० दिन समय तोकेको थिएँ । आज ३० दिन पनि पुगेको छैन् । जुगेडिको पानी रामनगर चौरमा आइपुगेको छ । यति चाडैं रामनगरसम्म पानी ल्याउन रातदिन नभनि खटिनुभएका सबै जना बिशेष गरि रामनगरका बासिन्दा र श्रमदान गर्नुहुने सम्पुर्ण चितवनका बासिन्दाहरुमा म बिशेष धन्यवाद प्रकट गर्दछु । आज तपाईं मैदानमा खटिदा हामी यो देशको भविष्य निर्माणमा खटिन पाएका छौं। भनेको दिन भित्र चितवनले पानी पाउँछ। भनेको समयमा देशले मुहार फेर्न शुरु गर्छ। बजेट अधिवेशन लगत्तै हामी मैदानमा देखिनेछौ, फरक शैली र जिम्मेवार ढंगमा’, उनले फेसबुकमा लेखेका छन् ।

उपनिर्वाचनको परिणामले जिम्मेवारी थपिएको पनि उनले बताए । ‘उपनिर्वाचनको परिणामले हाम्रो जिम्मेवारी थपेको छ। यस बीचमा हामी संगठन निर्माण र भावी योजनामा केन्द्रित रह्यौं। निति कार्यक्रम तथा बजेटले हाम्रा प्राथमिकतालाई समेटुन् भनेर केन्द्रित भयौं। हाम्रा सांसदहरू निर्वाचन क्षेत्रमा पुग्न समेत भ्याएनन्। म आफैं पनि आफ्नो निर्वाचन क्षेत्रमा पुग्न सकिन’, उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>