समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली र देउवा ‘पानीमाथिको ओभानो’ !

Banner

काठमाडौं, जेठ ६–

नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण राजनीतिक रुपमा प्रभावशाली नेता हुन् ।

यस अतिरिक्त एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र गृहमन्त्रीका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई पनि यो घटनाका आरोपित हुन् । त्यसैले आफ्नो छोरा र सुरक्षा सल्लाहकार नै यो प्रकरणमा तानिएको अवस्थामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कति नैतिक जिम्मेवारी लिने भन्ने प्रश्न एकातिर छ भने उनै गृहमन्त्री बादल रहेको मन्त्रिपरिषदको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिक जिम्मेवारीमाथि पनि प्रश्न उठेको छ ।

प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाका पालामा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा योजना निर्माणदेखि आवश्यक प्रक्रिया मिलाउनेसम्मका गतिविधि चलिरहेको थियो । ओली नेतृत्वको सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापा ‘बादल’का छोरा, तत्कालीन गृहमन्त्री बादलकै सुरक्षा सल्लाहकार रहेका इन्द्रजीत राई यो प्रकरणमा संलग्न रहेको तथ्य प्रहरीले अनुसन्धानका क्रममा फेला परेको दाबी गर्दै आएको छ ।

अर्कोतिर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री रहेका बालकृष्ण खाण पनि यो प्रकरणमा संलग्न रहेको प्रमाण पुष्टि हुँदै गएको प्रहरी स्रोत बताउँछ । यद्यपि कतिपय विषय अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले घटनासँग सम्बन्धित विभिन्न विवरण अहिले खुलाएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>