समाचार

नीति तथा कार्यक्रम : न खर्च कटौती, न उत्पादनमुखी नयाँ योजना

Banner

काठमाडौं, जेठ ६–

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रवार सार्वजनिक भएको छ। आगामी वर्षको बजेटलाई निर्देशित गर्नुपर्ने नीति तथा कार्यक्रमले सबै क्षेत्रको चित्त बुझाउने प्रयास गरेको देखिन्छ।

नीति तथा कार्यक्रम हेरेर आगामी आर्थिक वर्षको बजेट कस्तो आउँछ भन्ने आकलन गर्ने गरिन्छ। आगामी आर्थिक वर्षका लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा सार्वजनिक गरे।

नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई सन्तोषजनक कार्यक्रमहरु उपलब्ध गराउने प्रयास गरेको छ। अर्थात् विगतका कार्यक्रमहरु कटौती गरिएको छैन।

त्यस्तै, नयाँ र प्रभावकारी कार्यक्रम पनि थपिएको छैन। पहिलेकै विषयहरुलाई निरन्तरता दिनेगरी नीति तथा कार्यक्रम तयार भएको देखिन्छ। कृषि, उद्योग, उर्जा, भौतिक पूर्वाधारका क्षेत्रमा नयाँ कार्यक्रमहरु छैनन्।

नीति तथा कार्यक्रम तयारीमा संयोजनको भूमिका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गर्छ। हरेक मन्त्रालय तथा निकायहरुबाट आएको आआफ्नो नीति तथा कार्यक्रमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संयोजन गरी अर्थ मन्त्रालयलाई जानकारी गराउँछ। अर्थ मन्त्रालय आफैँ बजेटको संयोजनकारी निकाय हो।

अहिले अर्थ मन्त्रालयले बजेटको मस्यौदा समेत लेखिरहेको छ। सोही बजेटमा समावेश हुने कार्यक्रमहरु नीति तथा कार्यक्रममा राख्नुपर्ने हुन्छ।

तर, यसपालिको नीति तथा कार्यक्रमले नयाँ विषयहरु समावेश गर्न नसकेको तथा रुपान्तरणकारी आयोजनाको परिकल्पना पनि गरेको देखिँदैन। न त यो खर्च कटौतीमा निर्मम नै हुन सकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>