देश/प्रदेश

नक्कली आवाजको अडियो बनाएर चरित्रहत्या गरेको भन्दै मञ्जु खाँणले दिइन् अनलाइनविरुद्ध उजुरी

Banner

काठमाडौं, वैशाख २५-

आफूलाई जोडेर लेनदेनको वातचित गरिएको अडियो मिडियामा सार्वजनिक भएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणले प्रेस काउन्सिलमा उजुरी दिएकी छन् । नक्कली आवाजको भिडियो बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको उनको दाबी छ ।

खाँणले सो अडियो राख्ने नेपाल दैनिक डटकमविरुद्ध उजुरी दिएकी हुन् ।

उनले उजुरीमा भनेकी छन्, ‘म मञ्जु खाँणलाई जोडेर नक्कली आवाजको भिडिओ बनाइ सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनमा सम्प्रेषण गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने कार्य भएको हुँदा उक्त अनलाइन मिडियालाई कडाभन्दा कडा कारबाही गरिपाउँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>