Breaking News

चितवनमा तीन वर्षमा दुई हजार बढीमा क्षयरोग सङ्क्रमण

Banner

 

निरुता विक

चितवन, वैशाख २०-

चितवनमा पछिल्लो तीन वर्षमा दुई हजार ७८८ जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ ।

आर्थिक वर्ष २०७७\०७८ देखि चालु आर्थिक वर्षको चैत महिनासम्ममा दुई हजार ७८८ जनामा क्षयरोगको सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अधिकृत जयराम दुवाडीका अनुसार आर्थिक वर्ष २०७७\०७८ मा ८९३ जनामा सङ्क्रमण देखिएको छ । जसमा भरतपुर महानगरपालिकाका ४७५ जना, रत्ननगरका ८७ जना, कालिकाका ९२ जना, खैरहनीमा ७४ जना, राप्तीमा ९१ जना, माडीमा ३१ जना र इच्छाकामनामा ४३ जनामा संङ्क्रमण देखिएको छ । यस आर्थिक वर्षमा सबै भन्दा बढी भरतपुर महानगरपालिकामा ४७५ जनामा सङ्क्रमण देखिएको छ ।

आर्थिक वर्ष २०७८\०७९मा जिल्लामा एक हजार १९६ जनामा सङ्क्रमण देखिएको छ । जसमा भरतपुर महानगरपालिकामा ६२० जना, इच्छाकामनामा ११८ जना, कालिकामा ९२ जना, खैरहनीमा ९२ जना, राप्तीमा १३५ जना, माडीमा ५६ जना, र इच्छाकामनामा ४२ जनामा संङ्क्रमण देखिएको छ । यस आर्थिक वर्षमा सबै भन्दा बढी भरतपुर महानगरपालिकामा ६२० जनामा सङ्क्रमण देखिएको छ । यस्तै चालु आर्थिक वर्ष २०७९\२०८० को चैत महिनासम्ममा ६९९ जनामा क्षयरोग देखिएको छ । जसमा भरतपुर महानगरपालिकामा ३५३ जना , रत्ननगर ८० जना ,कालिका नगरपालिकामा ६१ जना, खैरहनी नगरपालिकामा ६२ जना, राप्ती नगरपालिकामा ८२ जना, माडीमा ३५ जना र इच्छाकामनामा २६ जनामा संङ्क्रमण देखिएको छ । यस आवमा गत आवमा जस्तै महानगरमा बढी सङ्क्रमण देखिएको छ ।

अधिकृत दुवाडीले जिल्लामा क्षयरोगका सङ्क्रमित नियन्त्रणको अवस्थामा रहेको नारायणी अनलाइनलाई जानकारी दिए । गत आर्थिक वर्षको तुलनाम यस आर्थिक वर्षमा सङ्क्रमित कम र नियन्त्रणमा रहेको उनको भनाइ छ । सङ्क्रमितले नियमित औषधिको सेवन गरिरहेको उनले जानकारी दिए । उनले प्रायजसो १५ देखि ५० र ६० वर्ष माथिका मानिसमा बढी यो सङ्क्रमण देखिने बताए । साथै बढी मात्रामा पुरुषमा यो सङ्क्रमण देखिने गरेको छ ।
उनले भनेर्, दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु, छाती दुख्नु, दुब्लाउँदै जानु, खकारमा रगत देखिनुलगायत लक्षण देखिए क्षयरोग भएको हुन्छ ।’ यो रोग लागेमा नियमित छ महिना औषधि सेवन गर्नुपर्छ । स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवन गर्ने र समय समयमा खकार जाँच गरे क्षयरोग निको हुने उनको भनाइ छ । उनले क्षयरोगको सङ्क्रमण नियन्त्रणका लागि हरेक महिनामा स्वास्थ्यकर्मीलाई तालिम दिने, क्षयरोगसँग सम्बन्धित रहेर बैठक बस्ने र टोलटोलमा गएर जनचेतनामूलक कार्यक्रम गरिने बताए ।

क्षयरोग कस्तो रोग हो त ?

क्षयरोग विश्वभर फैलिएको संक्रामक रोग हो । यसलाई टीबी नामले पनि चिन्ने गरिन्छ । माइकोब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने भए पनि मुख्यतया माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले क्षयरोग लागेको पाइन्छ । साधारणतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ तर यसले शरीरका अन्यभागहरूमा पनि असर पु¥याउन सक्छ । यो रोग लागेका मानिसहरूमा यदि सक्रिय किटाणुहरू छन् भने उसले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरूको माध्यमबाट हावाहुँदै अर्को व्यक्तिमा सर्ने गर्छ । प्राय संक्रमणहरूमा लक्षणहरू देखापर्दैनन् त्यस्तो अवस्थालाई निस्क्रिय क्षयरोग (लाटन्ट ट्युबरक्लोसिस) भनिन्छ। करिब दसमा एक निस्क्रिय क्षयरोग बिस्तारै बढ्दै गएर सक्रिय हुन सक्छ । यदि समयमै उपचार नभएमा यसरी संक्रमित ५० प्रतिशत रोगीको क्षयरोगका कारणले मृत्यु हुन्छ ।

लामो अवधिको खोकी, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु र तौल घट्दै जानु लगायत सक्रिय क्षयरोगका लक्षणहरू हुन् । अन्य अंगहरूमा संक्रमण भयो भने अन्य धेरै लक्षणहरू पनि देखापर्छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>