Breaking News

चितवनका गाइँभैसीमा ‘लम्पी स्किन’ को संक्रमण बढ्यो, पाँचको मृत्यु, २६० बढी बिरामी

Banner

पुजा ढकाल

चितवन, वैशाख १७

चितवनसहित आसपासका जिल्लाका पशुमा लम्पी स्किन रोगको संक्रमण बढ्दै गएको छ ।

लम्पी स्किन झिँगा, लाम्खुट्टेको टोकाइबाट सर्नै रोग भएकोले पछिल्लो समय गर्मी बढेसँगै यसको संक्रमण ह्वात्तै बढेको हो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण चितवनका २६० भन्दा बढी गाई\भैँसी बिरामी भएका छन् । अहिले खैरहनी , राप्ती, कालिका, माडी नगरपालिका, इच्छाकामना गाउँपालिका सँगै पछिल्लो समय भरतपुर महानगरकालिकाको मंगलपुर क्षेत्रमा पनि यो लम्पी स्किन रोग देखापरेको छ । उनले भने, ‘जिल्लाको सबै क्षेत्रबाट पशुमा लम्पी स्किन देखिएको खबर कार्यालयमा आएको छ । सबै रिपोर्ट अनुसार इच्छाकामना गाउँपालिका, माडी र कालिका नगरपालिका बढी प्रभावित छन् ।’
भरतपुर क्षेत्रमा पछिल्लो दुई÷तीन दिनयता यसको लक्षण देखिन थालेको छ । जसको कारण शुक्रबार पीसीआर परीक्षणका लागि काठमाडौँ नमुना पठाइएको र भोलि सोमबारसम्म रिपोर्ट आइपुग्छ र पोजेटिभ नै आउने उनको आशंका छ । त्यस्तै उनले दिएको जानकारी अनुसार विसं २०७७ साल असार १० गते भारत हुँदै पहिलो पटक यो सरुवा रोग नेपालको पूर्वी भू–भागको मोरङमा देखिएको थियो । त्यसपछि चितवन जिल्लामा पहिलो पटक असार २४ गते राप्ती नगरपालिकामा देखिएको उनले बताए ।

उक्त समयदेखि अहिलेसम्म जिल्लामा ३.५ प्रतिशत पशुको मृत्यु भएको जानकारी दिँदै उनी भन्छन्, ‘हामीलाई प्राप्त भएको जानकारी अनुसार यो वर्षको डेढ महिनामा मात्रै पाँचवटा पशु मरेको जानकारी कार्यालयमा आएको छ । तर, यो तथ्यांक अझै बढ्न सक्छ । किनभने पूरा रिपोर्ट आइपुगेको छैन र पाँच प्रतिशत पुग्ने हाम्रो अनुमान छ ।’ चितवन आसपासका अन्य जिल्ला (नवलपुर, मकवानपुर, धादिङ) लगायतका क्षेत्रमा पनि यो रोगको जोखिम उच्च रहेकोले कार्यालयले किसानहरु माझ सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले जानकारी दिए ।

चितवनसँगै नवलपुर क्षेत्रमा पनि यो रोग तीव्र गतिमा फैलिँदै गएको र अहिलेसम्ममा यस क्षेत्रका ६५२ पशु यो रोगको शिकार भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख डा. रिसभ गुरागाईले जानकारी दिए । उनका अनुसार गौँडाकोट र देवचुली क्षेत्रमा असोज कात्तिक पनि यो रोग देखिएको थियो । तर, उक्त समय यो रोगले तीव्र गतिमा संक्रमण नफैलिए पनि अहिले संक्रमण तीव्र बन्दै गएको उनले जानकारी दिए । उनको भनाइ अनुसार नवलपुरमा पछिल्लो समय १८ पशु परिसकेको र रोगले पनि तिव्र गति लिदैँ जाँदा कार्यालयले पशु ओसारपसारलाई रोक लगाएको उनले बताए । उनी भन्छन्, ‘पछिल्लो समय पशु सेवा विभागले यस रोगको खोपलाई सूचीकृत गरेको खबर आए पनि भेटनरीमा खोप सहजरुपमा नपाइएको उनले जानकारी दिए ।

यो रोग कस्तो हो, कसरी सर्छ ?

गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साहे गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ । यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, भुसुना, झिँगालगायतको टोकाइबाट लाग्ने गर्छ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गर्छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकताअनुसार कीट विकर्षकको प्रयोग गर्नपर्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>