मौसम

पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Banner

काठमाडौं, वैशाख १५–

गण्डकी, कर्णाली र सुदूरपश्चिम, प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी वायुको प्रभावका साथै प्रि–मनसुन गतिविधि पनि सक्रिय रहेकाले वर्षाको सम्भावना छ। विशेषगरी देशका पहाडी भेगमा मेघजर्गन र चट्याङसहित वर्षाको सम्भावना छ भने मध्य र पश्चिम तराईका एक–दुई स्थानमा हावाहुरीको सम्भावना छ।

महाशाखाका अनुसार बिहान कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा शुक्रबार आंशिकदेखि सामान्यतया बदली रहेको छ। महाशाखाले हावाहुरी र चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न सावधानी अपनाउन सुझाव दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>