देश/प्रदेश

बालेनको प्रश्न: कुन कानुन र नैतिकताले अवैध बस्ती संरक्षण गर्नुहुन्छ गृहमन्त्री ज्यु ?

Banner

काठमाडौं, वैशाख १४-

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रश्न गरेका छन् । मेयर साहाले गृहमन्त्री श्रेष्ठले नदी किनारमा निमार्ण गरिएको अवैध बस्ती संरचनाको संरक्षण गरेको आरोप लगाउँदै प्रश्न गरेका हुन् ।

सामाजिक सञ्जालमा बालेनको स्टाटस:

स्मरणका लागि – २०७६ साउन २० गते सम्मानित सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको थियो ।
आज फेरि उच्च अदालतले बागमती सभ्यताको विरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको अवस्था छ ।
यदि कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपील गरेर प्रक्रिया सुरु गर्नुहोस्, या कानुन बमोजिमको शासन व्यवस्था अँगाल्नुहोस् ।
यो तर्फ कुनै पनि कदम नचाली वैधानिक रुपमा नै यति भई सक्दा पनि कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ गृहमन्त्री ज्यु ? कसरी कानुनीराज्यको अनुभुती दिलाउनु हुन्छ गृहमन्त्री ज्यु ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>