देश/प्रदेश
इजरायल पठाइदिन्छु भन्दै ४८ लाख ठगी गर्ने महिला पक्राउ
०

काठमाडौं, वैशाख १३-
काठमाडौँबाट एक महिला प्रकाउ परेकी छिन् । इजरायल पठाउने लोभ देखाएर ४८ लाख रूपैयाँ ठगी गर्ने महिलालाई प्रहरीले हिजो ( मंगलबार) प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौंको कपन बस्दै आएकी ३२ वर्षीया हरीकला दाहाल रहेकी छिन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले दाहाललाई काठमाडौंको चाबाहिलबाट वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूबाट पटकपटक गरी ४८ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रकाउ गरेको थियो ।
त्यस्तै उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























