देश/प्रदेश

गोरखाका विद्यार्थीलाई निः शुल्क कम्युटर तालिम

Banner

गोरखा, वैशाख १३-

गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा (एसइई) सकाएर बसेका विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ । यसका लागि गाउँपालिकाले दुई महिने आधारभूत कम्युटर तालिम सम्बन्धी पाठ्यक्रम नै बनाएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट एसइई दिएर बसेका विद्यार्थीलाई कम्युटर तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिनुभयो ।

गाउँपालिकाले पालिकाभित्र अध्ययनरत सबै विद्यार्थीलाई प्राविधिक क्षेत्रको बारेमा दक्ष बनाउँदै उनीहरुको क्षमता विकासमा सहयोग पु¥याउने उद्देश्यले निःशुल्क कम्युटर तालिम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । “शिक्षामा समानताको कुरा गरिए पनि सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अझैपनि कम्युटरसँग खेल्न पाएका छैन, कम्युटर सिकाइको अवसर पाउन सकेका छैनन्, उहाँले भन्नुभयो, “एसइईपछि नतिजा नआउँदासम्मको खाली समयमा खेर फाल्न दिनुहुदैन भन्ने उद्देश्यसहित तालिम सुरु गरिएको हो ।”

गाउँपालिकाको वडा नं ८ स्थित ज्ञानमार्ग माध्यामिक विद्यालयमा तालिम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । निजी तालिम केन्द्रमा गएर कम्युटर सिक्दा विद्यार्थीले महँगो शुल्क तिनुपर्ने भएकाले पनि गाउँपालिकाले निःशुल्क तालिमको सुरु गरेको उहाँको भनाइ छ । गाउँपालिकाले ४० पिरियडको पाठ्यक्रम निर्माण गरी कक्षा सञ्चालन गर्न सुरु गरेको छ

कम्युटर शिक्षकलाई गाउँपालिकाले नै तलब उपलब्ध गराउने छ, उहाँले भन्नुभयो,“यसैबाट गण्डकी गाउँपालिकाभित्रका विद्यार्थीलाई कम्युटर विषयमासमेत दक्ष बनाउन मद्दत पुग्छ भन्ने हाम्रो विश्वास छ ।” तालिममा गाउँपालिकाभित्र रहेका आठ माध्यामिक विद्यालयका करिब एक सय ५० भन्दा बढी एसइई दिएर बसेका विद्यार्थीको सहभागिता रहेको गाउँपालिका अध्यक्ष तिमिल्सेनाले जानकारी दिनुभयो ।

पालिकाभित्रका माविमा सङ्घीय सरकारबाट अनुदानमा प्राप्त भएको कम्प्युटरको सही सदुपयोग होस् भन्ने उद्देश्यले पनि तालिम सञ्चालन गरिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>