Breaking News

भरतपुरमा विद्युतीय तार भूमिगत गर्ने काम ५० प्रतिशत सकियो, मेयर दाहालद्वारा निरीक्षण

Banner

चितवन, वैशाख १२-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य सडक क्षेत्रमा भइरहेको बिजुलीको तार भूमिगत गर्ने कार्यको निरीक्षण गरेकी छन् ।

भरतपुरको मुख्य सडकमा विद्युत्, इन्टरनेट, टेलिफोनलगायतको तारलाई भूमिगत गर्ने काम भइरहेको छ । भरतपुरकी मेयर दाहालले भूमिगत आयोजनाका कर्मचारीसँग अहिले भइरहेको कार्य प्रगति र काम भइरहेको स्थानबारे जिज्ञासा राखेकी छन् । अहिले ६ लेन सडक र बाइपास सडकमा धमाधम काम भइरहेको छ । आयोजनाका अनुसार अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । यो वर्षभित्र काम सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई भूमिगत विद्युतीकरणसँगै सौन्दर्यकरण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताइन् । दाहालले विद्युत् बितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरको सौन्दर्यतालाई बढाएर स्मार्ट सिटीकारुपमा विकास गर्न सहयोग पुग्ने विचार राखिन् ।

भरतपुरमा निर्माणाधीन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम थालनी गरिएको छ । आयोजनाका अनुसार पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ । आयोजनाका इञ्जिनियर आन्नद सुवेदीले भरतपुरको भूमिगतको कार्य तीब्ररुपमा अगाडि बढेको जानकारी दिए । भूमिगतका लागि पाइप बिछ्याउने काम लगभग सकिएको बताए । विदेशबाट सामान आएकाले अब हुने काम सहज ढंगबाट अघि बढ्ने सुवेदीले बताए ।

भरतपुर विद्युत् प्राधिकरणका प्रमुख रामु श्रेष्ठले भूमिगत विद्युतीय प्रणालीले सुरक्षित, भरपर्दो हुने र यसले सहरी सौन्दर्यता कायम राख्नसमेत मद्दत पुग्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>