समाचार

मौलाकाली केबलकारको औपचारिक उद्घाटन प्रधानमन्त्रीबाट वैशाख १८ मा गरिने

Banner

काठमाडौं, वैशाख ११–

मौलाकाली केबलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबलकारको वैशाख १८ गते औपचारीक रुपमा उद्घाटन गरिने भएको छ। नवलपुर जिल्लाको गैँडाकोट–१ मा निर्माण सम्पन्न केबलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो। केबलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैँडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन्।

केबलकार मार्फत बटम स्टेसनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ। केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरूका लागि सहज हुनेछ।

केबलकारको माथिल्लो स्टेसनमा सुविधा सम्पन्न ६० रुमको होटेल, व्याङक्वेट हल र रेस्टुरेन्ट सञ्चालनमा रहने छन्। केबलकार सञ्चालन भए पनि होटेल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ।

नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>