समाचार

बारा–२ मा मतगणनाको लागि सर्वदलीय बैठक बस्दै

Banner

बारा, वैशाख ११–

बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहान सुरु हुने भएको छ । गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

‘आज बिहान ७ बजे सर्वदलीय बैठक राखिएको छ’, उनले भने, ‘सर्वदलीय बैठकका लागि दलका प्रतिनिधि आउन थाल्नुभएको छ, बैठकलगत्तै मतगणना सुरु गर्छौं । सम्भवतः बिहान ९ वा १० बजेदेखि मतगणना सुरु गर्ने हाम्रो तयारी छ ।’

मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>