राजनीति

गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चित

Banner

पोखरा, वैशाख ९–

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिँदै समर्थन पनि फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ । ‘११ बजे कार्यव्यवस्थाको बैठकले कार्यसूची तय गर्छ । आज मुख्यमन्त्रीले विश्वासको मत लिनेमात्र कार्यसूची तय गर्ने तयारी छ,’ प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपसचिव प्रेम सुवेदीले भने ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार टिकाइराख्नका लागि मुख्यमन्त्री अधिकारीले ३१ सांसदको समर्थन जुटाउनुपर्छ । तर उनले विश्वासको मत नपाउने निश्चित छ । किनभने उनको साथमा एमालेका २२ र राप्रपाका दुई सांसद मात्र छन् ।

एमाले, माओवादी र राप्रपाको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारी १०५ औं दिनपछि सत्ता छोड्नुपर्ने अवस्थामा आइपुगेका छन् ।

माओवादीका दुई मन्त्री हरिबहादुर चुमान र रेशमबहादुर जुग्जालीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका अधिकारीलाई सरकार छाड्न दाबाव परेको थियो । तर उनले संसद फेस गर्ने तर डराएर नभाग्ने बताउँदै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>