राजनीति

ट्वीटरबाट प्रचण्ड, देउवा, ओली, सहित रविको पनि हट्यो ब्लु टिक

Banner

काठमाडौं, वैशाख ८

ट्वीटरले शुक्रबारदेखि पैसा नतिर्ने प्रयोगकर्ताको ब्लु टिक हटाउन सुरु गरेको छ । अर्बपति एलन मस्कले कम्पनी खरिद गरेसँगै ल्याएको यो नियमको कारण नेपालका राजनीतिक दलका नेताहरुको पनि ब्लु टिक हटेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछानेसहित राजनीतिक दलका नेताको पनि ब्लुटिक हटेको छ । यस्तै केही नेपाली मिडियाको पनि ब्लुटिक हटेको छ ।

ट्वीटरले सन् २००९ देखि नक्कली अकाउन्टलाई निरुत्साहन गर्न भेरिफिकेसनको सुरुवात गरेको थियो । यद्यपि सन् २०२२ मा मस्कले ट्वीटर खरिद गरेपछि उनले यो नियम परिवर्तन गर्दै नीलो चेकमार्कमा सब्सक्रिप्सन प्रणाली सुरु गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>