राजनीति
एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी त्यागे
०

काठमाडौं, वैशाख ८-
नेकपा एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी परित्याग गरेका छन् । नेकपा एमाले विभाजन हुँदा ज्ञवाली एकीकृत समाजवादीतिर लागेका थिए ।
तर विभाजनको औचित्य पुष्टि नहुने भन्दै ज्ञवालीले पार्टी परित्याग गरेका छन् । ‘विभाजनले दलाल पूँजीवाद र बिचौलियालाई मात्रै खुसी बनाउने भयो । त्यसैले मैले उक्त पार्टी परित्याग गर्ने निर्णय गरेको हुँ’, ज्ञवालीले भने ।
उनी एमालेको स्थापनाकालदेखि सक्रिय नेता हुन् । ‘कोके, माले एमाले हुँदै मैले तीस दशक राजनीतिमा बिताएको छु, तर एकीकृत समाजवादीमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने देखिनँ’, उनले भने ।
.
.
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























