तनहुँ

बाहिरकालाई तनहुँको नाम सुन्नेबित्तिकै थरथर हुने गरी हराउँछौंः किसान श्रेष्ठ

Banner

काठमाडौं, बैशाख ५-

नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले वैशाख १० गतेको चुनावले तनहुँमा भविष्यमा पनि कोही टुरिस्ट उम्मेदवार आउन हिम्मत नगर्ने सन्देश दिने दाबी गरेका छन् । फेसबूक र ट्विटरमा रमाएका रास्वपाका उम्मेदवारलाई तनहुँका जनताको समस्या थाहा नभएको उनले दाबी गरे ।

तनहुँ– १ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको चुनावी सभालाई मंगलवार दमौलीमा सम्बोधन गर्दै श्रेष्ठले दाइ–भाउजूको रिसले पार्टी छाड्ने नेतालाई तनहुँले रित्तै फर्काइदिने बताएका हुन् । ‘वैशाख १० गतेपछि कोही प्रधानमन्त्री र कोही अर्थमन्त्री बन्ने भनेर प्रचार गरिएको छ । तनहुँलाई अर्थमन्त्री बन्ने पालो आए तनहुँबाट गोविन्द भट्टराई हो, दाइभाउजूको रिसले पार्टी छाड्ने व्यक्ति होइन,’ श्रेष्ठले भने ।

रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेप्रति संकेत गर्दै श्रेष्ठले भने, ‘तपाईंलाई न गाउँको बाटो थाहा छ, न जनताका समस्या । फेसबूक र ट्वीटर चलाउने मान्छे मात्र चिन्नु भएको छ ।’ श्रेष्ठले १० हजार मतान्तरले गोविन्द भट्टराईले चुनाव जित्ने दाबी गरे ।

‘कांग्रेसका महामन्त्रीद्वय टेन्सन नलिनुस्, १० हजार मतले जिताउँछौ । तनहुँ कांग्रेस मात्रको भोटले मात्र जित्ने ठाउँ हो, गुटलाई सेती–मादी दोभानमा सेलाऔं । हेरौं, कति हजार भोटले जित्छौं,’ श्रेष्ठले भने, ‘निर्वाचनमा तनहुँभन्दा बाहिरका आउने आँट नै नगरुन्, तनहुँभन्दा बित्तिकै थरथर होऊन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>