क्रिकेट

मलेसियाविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए फैजको विकेट

Banner

काठमाडौं, वैशाख ५-

एसीसी प्रिमियर कप अन्तर्गत जारी मलेसियाविरुद्धको खेलमा नेपालले दोस्रो सफलता प्राप्त गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ५.५ ओभरपछि विकेटविहिन रहेको नेपालका लागि सन्दीप लामिछानेले ३३.२ ओभरमा मलेसियाका कप्तान अमेद फैजलाई आउट गर्दै दोस्रो विकेट लिए ।

सन्दीपले फैजले विरन्दीपसंहसँग १ सय १६ रनको साझेदारीलाई तोड्दै दोस्रो विकेट लिएका हुन् । पहिलो विकेट लिने क्रममा गुलसन झाले ओपनर मोहामद अमिरलाई आउट गरेका थिए ।

जारी खेलमा मलेसिया ३५ ओभरको समाप्तिमा १४७र२ को स्थितमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>