तनहुँ

तनहुँमा गठबन्धनका उम्मेदवार जिताउन एकीकृत समाजवादीले खटायो किसान

Banner

तनहुँ,बैशाख ३-

एकीकृत समाजवादीले बैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ लाई खटाएको छ । पार्टीले तनहुँ १ मा हुने उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन फिल्डमा खटाएअनुसार आफु निर्वाचन क्षेत्रमा आईतबार पुग्ने श्रेष्ठले जानकारी दिए ।

‘तनहुँको उपनिर्वाचनमा हाम्रो पार्टीले गठबन्धनका उम्मेदवार जिताउन मलाई खटाएको छ । म आइतबार निर्वाचन क्षेत्र पुग्दैछु’ श्रेष्ठले भने, ‘अब गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर मात्रै फर्किन्छु ।’

स्मरणरहोस् श्रेष्ठको गृहजिल्ला पनि तनहुँ नै हो । यसअघि २०७४ को निर्वाचनमा श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तर ०७९ मंसिरको निर्वाचनमा श्रेष्ठ बाराबाट निर्वाचित भएका थिए । तनहुँ १ मा गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई हुन् भने एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा.स्वर्णिम वाग्ले चुवावी मैदानमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>