राजनीति

प्रधानमन्त्रीले मागे कांग्रेससँग चार मन्त्रीको नाम

Banner

काठमाडौं,बैशाख २-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग बाँकी रहेका मन्त्रीको नाम मागेका छन्। शनिबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका तीन नेताबीचको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका भागमा परेका चार मन्त्रीको नाम दिन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका हुन्।

कांग्रेसको भागमा परेका ८ मध्ये चार वटा मन्त्रालय स्वास्थ्य, परराष्ट्र, न्याय र खेलकुद मन्त्रालयमा मन्त्रीको नाम पठाउन सकेको छैन। कांग्रेसभित्रको आन्तरिक किचलोले गर्दा सभापति देउवाले मन्त्रीको नाम पठाउन ढिलाई गर्दै आइरहेका छन्। कांग्रेसले नाम दिए आइतबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ।

‘कांग्रेसको भागमा परेका मन्त्रालयमा मन्त्रीको नाम पठाए आइतबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ। आज प्रधानमन्त्रीज्यूले नाम माग्नुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>