चितवन विशेष
भरतपुरकी क्यान्सरपीडित महिलालाई आर्थिक सहयोग

चितवन, चैत ३०-
स्पाउज क्लब अफ रोटरी क्लब अफ नारायणगढले भरतपुर–१० शीतलपथ निवासी क्यान्सरपीडित महिला चुनादेवी रिजाललाई १५ हजार ५१५ रुपैयाँ नगद सहयोग गरेको छ ।
स्पाउज क्लबका संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा क्लबका अध्यक्ष सम्झना प्रधानले नगद सहयोग हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा अध्यक्ष सम्झना प्रधानले क्लबका सदस्यहरूको आन्तरिक सहयोगमा चुनादेवी रिजाललाई सानो सहयोग रकम उपलब्ध गराइएको बताइन् । सोही क्रममा क्यान्सर जस्तो भयानक रोगबाट बच्नका लागि सम्पूर्ण महिला दिदीबहिनीहरूले खानपिनमा विशेष ध्यान पु¥याउनुपर्ने र समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने अध्यक्ष प्रधानले बताइन् ।
कल्पना थपलियाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रम क्लबका सह–सचिव डा. सुरक्षा श्रेष्ठले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा क्लबका सदस्यहरू शान्ति श्रेष्ठ, एलिना बज्राचार्य, क्यान्सरपीडित रिजालका घरबेटी महेन्द्र सिग्देललगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
























