राजनीति

पैसाको कारोबार भएको छैन, डिल गरेको अडियो आएको हो: रवि लामिछाने

Banner

काठमाडौं, चैत ३०-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको लेनदेन नभएको बताएका छन्। बिहीबार तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको लेनदेन नभएको बताएका हुन् ।

‘पैसाको कारोबार भएको छैन। तर हाम्रा सांसदले कुनै अमूक व्यक्तिसँग मन्त्री बन्नका लागि पैसाको डिल गरेको अडियो सार्वजनिक भएको हो,’ लामिछानेले भने। उनले सार्वजनिक पद हासिल गरेको व्यक्तिले कुनै पदका लागि पैसा माग्नु नैतिकतासँग सम्बन्धित विषय भएकाले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरिएको बताए।

‘त्यही आधारमा हामीले ऐतिहासिक निर्णय गरेका छौं। व्यक्तिलाई हेरेर निर्णय गरेका होइनौं, पद्धतीलाई हेरेर निर्णय गरेका हौं,’ लामिछानेले भने।

लामिछानेले पार्टीमा रहेका सबैलाई राम्ररी चिन्न नसकिएको दोहोर्‍याए।

‘एक अर्काका बारेमा थाहा हुँदैन, जब थाहा हुन्छ, त्यतिखेर राजनीतिक दलले सही र लोकतान्त्रिक कदम लियो कि लिएनरु भ्रष्टाचारलाई शून्य सहनशीलताको रुपमा लियो कि लिएनरु गलत कुरालाई बचायो कि निकाल्यो भन्ने कुराले राजनीतिक दलको भविष्य निर्धारण गर्यो,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>