राजनीति

‘कोर टिम’ को हो भनेर सोध्दा मैले जो पनि भन्न सक्छु भन्नुभएको छः रवि लामिछाने

Banner

काठमाडौं,चैत २९-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले भने, “पार्टीबाट समानुपातिक सदस्य बन्नुभएका ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ । उहाँले भन्नुभएको कोर टिमका बारेमा केही भन्नुभएन । पहिले मेरो अडियो होइन भन्नुभयो । केन्द्रीय समितिको बैठकमा मेरो अडियो होइन, मिडियाका मान्छे तपाईँलाई थाहा नै छ नि भन्नुभयो ।”

लामिछानेका अनुसार कसैले मन्त्री बनाइदिन्छु भनेर सोध्दा श्रेष्ठले त्यस्तो नभनेको बताएका थिए । “कोर टिम को हो भन्दा जो पनि भन्न सक्छु भन्नुभएको छ । हामीले पटक पटक सोध्दा र मैले आफैँले सोध्दा पनि त्यही भन्नुभएको छ,” उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>