खेलकुद

बालगोपाल महर्जन चर्च ब्वाइजको प्रशिक्षक नियुक्त

Banner

काठमाडौं, चैत २९

बालगोपाल महर्जन ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको प्रशिक्षक नियुक्त भएका छन् ।

बी डिभिजनको च्याम्पियन बनेर हाल पहिलो पटक शहीद स्मारक ए डिभिजन लिग खेलिरहेका चर्च ब्वाइजले लिगको बीचमा बुधबार बालगोपाललाई प्रशिक्षक अनुबन्ध गरेको हो ।

चर्च ब्वाइजले सामाजिक सञ्जाल फेसबुकमार्फत महर्जनलाई प्रशिक्षक बनाएको जनाएको छ । यसअघि नेपाली मुलका अमेरिकन प्रदिप हुमागाईँलाई चर्च ब्वाइजले मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>