चितवन विशेष

भरतपुर प्रज्ञा–प्रतिष्ठानद्वारा गीतकार नन्दन र कलाकार श्रेष्ठ पुरस्कृत

Banner

चितवन, चैत २६ –

भरतपुर प्रज्ञा–प्रतिष्ठानले चितवनका प्रतिष्ठित साहित्यकार तथा गीतकार प्रेम विनोद नन्दन र कलाकार ऋद्धिचरण श्रेष्ठलाई सम्मानित गरेको छ ।
प्रतिष्ठानले आइतबार एक कार्यक्रम गरी नन्दन र श्रेष्ठसहित ८ जनालाई पुरस्कार राशीसहित सम्मान गरेको हो ।

प्रतिष्ठानले नारायणी प्रज्ञा सम्मानबाट सहित्यकार तथा गीतकार प्रेमविनोद नन्दनलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी एक लाख ७८ रुपैयाँ रहेको छ । नेपाली भाषा, साहित्य, कला–संस्कृति क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नारायणी प्रज्ञा सम्मानबाट गरिएको हो ।

भरतपुर प्रज्ञा सम्मानबाट कलाकार ऋद्धिचरण श्रेष्ठलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशी ५० हजार ७८ रुपैयाँ रहेको छ । श्रेष्ठलाई नेपालको कलाकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

यस्तै कृष्ण बम मल्ल प्रज्ञा सम्मानबाट लेखक डीआर पोखरेललाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशी ५० हजार ७८ रुपैयाँ रहेको छ । नेपाली वाड्मय, लोकसाहित्य तथा संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै यो सम्मान गरिएको हो ।

चितवन प्रज्ञा पुरस्कारबाट प्राडा. लक्षमणप्रसाद गौतमलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशी ५० हजार ७८ रुपैयाँ रहेको छ । वागिश्वरी प्रज्ञा पुरस्कारबाट स्रष्टा गायत्री श्रेष्ठलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशी २५ हजार ७८ रुपैयाँ रहेको छ । भरतपुर प्रज्ञा पुरस्कारबाट स्रष्टाहरु पोषराज पौड्याल, डा एकनारायण पौंडेल र सिर्जन अविरललाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशी २५ हजार ७८ रुपैयाँ रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>