तनहुँ

मेरो विरोध गर्नेहरू भ्रष्टाचारी हुन्, त्यस्तालाई जवाफ दिने होइन जेल कोच्छुः रवि लामिछाने

Banner

तनहुँ,चैत २५-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३० वर्षसम्म शासन सत्ता चलाएर देश खोक्रो बनाउनेहरूले आफूलाई प्रश्न सोध्ने र आलोचना गर्ने अधिकार नरहेको बताएका छन् । तनहुँको आँबुखैरेनीमा स्वर्णिम वाग्लेका लागि मत माग्न आयोजित आमसभामा सभापति लामिछानेले आफूलाई प्रश्न सोध्ने ती व्यक्तिहरूलाई रास्वपाको सरकार बनेपछि भ्रष्टाचारमा जेल कोच्ने चेतावनी दिए ।

लामिछानेले भने– हाम्रो सरकार बन्यो भने भ्रष्टाचारमा जेल कोच्ने भनेका मान्छेले हाम्रो आलोचना गरेका छन् । तीनका प्रश्नको जवाफ म दिन्न,तीनलाई त जेल ठोक्ने हो । ३० वर्ष देश लुट्नेहरूले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ, हामीलाई प्रश्न सोध्ने होइन । सभापति लामिछानेले जान्नेलाई जनताले छान्नुपर्ने भन्दै सबै दलभित्र रहेकाहरूलाई योग्य र सक्षमलाई समेटेर आफू अघि बढ्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>