काठमाडौँ

काठमाडौं उपत्यकामा जीवित छ नेवारी संस्कृति (तस्वीर)

Banner

काठमाडौं, चैत २५-

नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौं उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् । वाग्मती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन् ।

नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाइ भाषिक-सांस्कृतिक समुदायलाई जनाउँछ । नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौं उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोवास उपत्यकामा रहँदै आएको पाइन्छ ।

नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन् । अहिले पनि नेवारी समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत संगीतकला, चित्रकला, खाद्यकला लगायतका सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन् ।

साहित्य साधना, कलाकारिता, राजनीतिलगायतका क्षेत्रमा काठमाडौंका नेवारहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ ।

किर्तिपुरमा धान कुट्दै महिलाहरु
ठेचोका महिलाहरु चकटी बुन्दै गफिदै ।
भक्तपुरमा माटाका भाँडा सुकाउने तरखर गर्दै महिला ।
भक्तपुरमा माटाको भाँडा बनाउदै पुरुष ।
खोकनाका बृद्धहरु विश्राम गर्दै ।
बुङमतीमा दाउरा चिर्दै बृद्ध ।
खोकनाका मुखिया परम्परागत पोशाकमा ।
सानागाँउकी महिला परालको खेलौना बनाउदै ।
सिद्धिपुरका महिला सुकुल बुन्दै ।
पाटनका बृद्ध महिला पाटीमा दौतरीसँग गफिदै ।
प्याङगाँउमा प्याङ बनाउदै बृद्ध ।

तस्वीरहरु: न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>