अन्तर्राष्ट्रिय

इटालीले च्याट जिपिटीमाथि प्रतिबन्ध लगायो, डाटासँग जोडिएको आशंका

Banner

इटाली, चैत १८-

इटालीले एआई च्याटबोट च्याट जिपिटीमाथि प्रतिबन्ध लगाएको छ । च्याट जिपिटीमाथि प्रतिबन्ध लगाउने इटाली पहिलो पश्चिमी देश हो ।

इटालियन डाटा–संरक्षण प्राधिकरणले च्याट जिपिटी डाटासँग जोडिएको हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ । च्याट जिपिटी अमेरिकाको ओपन एआई स्टार्टअपले बनाएको हो । यसमा माइक्रोसफ्टले लगानी गरेको छ । च्याट जिपिटीलगायतका एआईको प्रयोग बढ्न थालेपछि यसको प्रभावबारेमा बहस शुरु भएको छ ।

केही दिन अघि मात्रै अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली कृत्रिम बौद्धिकता ९एआई० को व्यापकता विकास तत्कालका लागि रोक्न आग्रह गरेका थिए । स्वचालित कार्यक्रम ‘बोट’ ले सामान्य तथा संक्षिप्त बुँदाका आधारमा लेखन सामग्रीलाई तयार गर्न सक्षम हुन्छ । ९एआई० अथवा कृत्रिम बुद्धिमताले ३० करोड पूर्णकालीन जागिरहरू प्रतिस्थापन गर्न सक्ने एउटा प्रतिवेदनले समेत देखाएको छ । तर, प्रतिवेदनले अरु रोजगारी सिर्जना गर्ने र यसले विश्वको वस्तु र सेवाको उत्पादनशीलता सात प्रतिशतले बढाउनसक्ने पनि देखाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>