भिडियो
‘रामायण’ को सेटबाट बाहिरियो रणवीर कपूर र साई पल्लवीको लुक्स
०

काठमाडौं, वैशाख १६-
नितेश तिवारीले निर्देशन गरिरहेको फिल्म ‘रामायण’ को सेटबाट अभिनेता रणवीर कपूर र साई पल्लवीको लुक्स बाहिरिएको छ।
उनीहरूको लुक्स बाहिरिएसँगै फिल्मलाई लिएर दर्शक उत्साहित देखिएका छन्। उक्त तस्बिर जुम टिभीले सार्वजनिक गरेको हो। फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको। त्यस्तै हनुमानको भूमिकामा सनी देओल र कुम्भकर्णको भूमिकामा बबी देओल देखिने चर्चा छ।
रावणका भाइ विभीषणको भूमिकामा अभिनेता विजय सेतुपति देखिने बताइएको छ भने रावणको भूमिकामा को देखिने खुलाइएको छैन।
निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्म तीन भागमा बन्ने बताइएको छ।
यो फिल्मको छायांकन सन् २०२४ देखि सुरू गरिनेछ। प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ।