विजनेश

एप्पलका सीईओले किन गरे चीनको प्रशंसा

Banner

चैत १२-

अमेरिकी कम्पनी एप्पलका सीईओ टिक कुकले चीनको प्रशंसा गरेका छन् । आफ्नो चीन भ्रमणबारे बोल्दै कुकले चीनको तीव्र नवप्रवर्तनका साथै एप्पलसँगको लामो सहकार्यका लागि चीनको प्रशंसा गरेका हुन् ।

पछिल्ला वर्षहरुमा चीनका विषयमा पहिलोपटक सार्वजनिक रुपमा टिप्पणी गरेका उनले शनिबार चिनियाँ नवप्रवर्तन तथा एप्पलसँगको सम्बन्धका विषयमा कुरा गर्दै चीनको प्रशंसा गरेको चिनियाँ मिडियाहरुले उल्लेख गरेका छन् ।

कुकले भनेका छन्-चीनमा नवप्रवर्तन तीव्र रुपमा विकास भैरहेको छ र मलाई विश्वास छ यो आगामी दिनमा झनै बढ्नेछ । चाइना डेभलेपमेन्ट फोरममा भाग लिनका लागि कुक बेइजिङ पुगेका हुन् । चीनले हालैमात्र कोभिड १९ का बन्देजहरु पूर्णरुपमा हटाएसँगै पहिलोपटक चाइना डेभलपमेन्ट फोरमलाई पूर्णरुपमा आयोजना गरेको हो ।

कुकका अतिरिक्त फोरममा फाइजर तथा बिएचपीलगायतका कम्पनीका सीईओका साथै उच्च सरकारी अधिकारीहरु समेत सामेल भएका छन् ।

अमेरिका र चीनबीच बढ्दो तनावका साथै एप्पलले आपूर्ति श्रृंखलामा चीनमाथिको निर्भरता घटाउँदै लगेको र आफ्ना कारखानाहरु चीनबाट भारतलगायतका मुलुकहरुमा सार्न थालेको परिप्रेक्ष्यमा एप्पल सीईओको चीन भ्रमण भएको हो ।

कुकले शुक्रबार बेइजिङस्थित एप्पल स्टोरको भ्रमण पनि गरेका थिए । जसका तस्वीरहरु चिनियाँ सोसल मिडियामा भाइरल बनेका छन् । आफ्नो भाषणमा कुकले ग्रामीण शिक्षा कार्यक्रमका लागि एप्पलले आफ्नो बजेट बढाएर १० करोड युआन पुर्‍याउने घोषणा पनि गरेका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>