समाज

भरतपुरको सप्तगण्डकी चोकमा सञ्जीवनी लोक सेवा केन्द्र सञ्चालनमा

Banner

चितवन, चैत १०–

भरतपुर महानगरपालिका–१० स्थित सप्तगण्डकी चोकमा सञ्जीवनी लोक सेवा केन्द्र सञ्चालनमा आएको छ । शिक्षक सेवा तथा लोक सेवाका तयारी कक्षा सञ्चालन गर्ने उद्धेश्यले बिहीबार सञ्जीवनी लोक सेवा केन्द्रको शुभारम्भ गरिएको हो ।

केन्द्रको शिक्षाविद् रमाकान्त सापकोटाले उद्घाटन गरेका हुन् । शुभारम्भ कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पस प्रमुख मणिराज महतो, अतिथि भानुप्रसाद उपाध्यायलगायतको सहभागीता रहेको थियो ।

शिक्षक सेवा आयोगबाट यसअघि नाम निकालेका विपिन पाठक र सन्जय सापकोटाले सञ्जीवनी लोक सेवा केन्द्र सञ्चालन गरेका हुन् । लोक सेवा केन्द्रमा लोकसेवा, शिक्षकसेवा, शिक्षक लाइसेन्स तयारी कक्षा, स्वास्थ्यतर्फ लोकसेवाले लिने परीक्षालगायत अन्य कक्षाहरु सञ्चालन हुने सञ्चालक पाठकले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>