अपराध

टाँडी प्रहरीद्वारा चोरी भएका ११ सेट मोबाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

Banner

रत्ननगर, चैत ९-

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले फेला पारेको १९ थान मोबाइलमध्ये ११ थान सम्बन्धित धनीलाई बुझाएको छ ।

विभिन्न मितिमा मोबाइल चोरी तथा हराएको भनी निवेदन प्राप्त आधारमा फेला पारिएको ११ थान मोबाइल सम्बन्धित धनीलाई प्रहरीले बुझाएको हो ।

८ थान मोबाइल सेट अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ । चोरीका थान ८ र हराएका ११ थान गरी जम्मा १९ थान मोबाइल सेट रहेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको सहयोगमा खोजतलासका क्रममा विभिन्न स्थानबाट उक्त मोबाइलहरु फेला पारिएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डीएसपी अनिल कुमार खड्काले जानकारी दिए ।

मोबाइल फोनका राम्रा र नराम्रा पक्षका बारेमा सम्पूर्ण जन–समुदायलाई सूचित गरी बिना आईएमई नम्बरका मोबाइल बोक्न नहुने डीएसपी खड्काको भनाइ छ । भेट्टाएको मोबाइल फोन चलाउदा दुर्घटनामा पर्ने जस्ता नैतिक शिक्षा सर्वसाधारणमा फैलाउन आवश्यक रहेको उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>