देश/प्रदेश
प्रधानमन्त्री प्रचण्डले मागे एमाले र राप्रपासँग पनि विश्वासको मत
०

काठमाडौं, चैत ६
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र राप्रपासँग पनि विश्वासको मत मागेका छन्।
आज प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने क्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपासँग पनि विश्वासको मत मागेका हुन्।
‘म सिंगो सदनलाई, विशेष गरी एमाले र राप्रपालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत दिन आग्रह गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थायित्व र एकताको पक्षमा सिंगो सदन उभिने विश्वास छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























